Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति, १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

६ साउन,   खबरमञ्च,   at 8:28 AM

By   /  July 22, 2022  /  Comments Off on भारतमा पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति, १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

    Print       Email

नयाँ दिल्ली । दक्षिणी छिमेकी देश भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।

मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल भएकी हुन् ।

सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

१० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख ७७ हजार मत प्राप्त गर्दै विजयी भएकी हुन् । तेस्रो चरणको मत गणनामा ५० प्रतिशत मत पाएकी छिन् । विपक्षी दलका सिन्हाले २ लाख ६१ हजार मत पाएका छन् ।

यसैबीच, राष्ट्रपतिमा विजयी भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । मुर्मूको निवासमा पुगेर प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । मोदीले भारतले नयाँ इतिहास रचेको प्रतिकृया दिएका छन्।

भारतीय जनता पार्टी (भाजपा) ले विभिन्न स्थानमा विजय जुलुस निकालेको छ । राष्ट्रपतिको रुपमा मुर्मूले २५ तारिख अर्थात सोमबार सपथ लिनेछिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →