Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा एकै दिन करिब १६ हजारमा कोरोना भाइरसको सङ्क्रमण

१० असार,   खबरमञ्च,   at 1:43 PM

By   /  June 24, 2020  /  Comments Off on भारतमा एकै दिन करिब १६ हजारमा कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतले बनाएको कोरोना भाइरसविरुद्धको खोप अब मानवमा परीक्षण हुने

Read More →