Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा एकै दिनमा एक लाख भन्दा बढीको कोरोना परिक्षण

१० जेठ,   रासस,   at 3:40 PM

By   /  May 23, 2020  /  Comments Off on भारतमा एकै दिनमा एक लाख भन्दा बढीको कोरोना परिक्षण

    Print       Email

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।
परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् ।
यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ । भारतमा अहिलेपनि कुल ६९ हजार ५९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५१ हजार ७८४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा एकैदिन झण्डै ९ हजारमा काेराेना संक्रमण पुष्टि

Read More →