Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा एकैदिन ४ हजार १ सय ८७ जनाको ज्यान गयो, ४ लाखभन्दा धेरैलाई सङ्क्रमण

२५ बैशाख,   खबरमञ्च,   at 12:30 PM

By   /  May 8, 2021  /  Comments Off on भारतमा एकैदिन ४ हजार १ सय ८७ जनाको ज्यान गयो, ४ लाखभन्दा धेरैलाई सङ्क्रमण

    Print       Email

काठमाण्डौ । भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ ।

यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

Read More →