Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा पुनः बढ्यो

२६ असार,   खबरमञ्च,   at 4:21 PM

By   /  July 10, 2020  /  Comments Off on भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा पुनः बढ्यो

    Print       Email

काठमाडौं । नेपालमा पुन: भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा बढेको छ । भारतको राजस्थानबाट उत्तरपूर्व वायु बहेको कारण त्यस क्षेत्रबाट सलह नेपाल प्रवेश गर्नसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

जता वायु बहन्छ त्यतै सलहका झुण्ड मोडिने भएकाले यसको समुह नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको सलह सूचना केन्द्रले जनाएको छ ।

‘राजस्थानको उत्तरपूर्व नेपाल हो । यही अवस्था केहीदिन रहे त्यहाँका सलहका झुण्ड नेपाल प्रवेश गर्न सक्छ ।’ – सलह सूचना केन्द्रले जनाएको छ।

नेपालका सलह अध्यायन कार्यदलका प्रविधिक सदस्यहरुले पनि राजस्थानको धेरै ठूलो क्षेत्रमा यसको झुण्ड सक्रिय रहेकाले यही अवस्था रहे त्यो सलहको झुण्ड नेपाल प्रवेश गर्नसक्ने दावी गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवल गाउँपालिकाले १९१ किसानलाई दियो अनुदानमा कृषि उपकरण

Read More →