Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने

३० जेठ,   खबरमञ्च,   at 10:06 AM

By   /  June 12, 2020  /  Comments Off on भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने

    Print       Email

धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने भएको छ ।

प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पिसिआर परीक्षण गर्न सकिने जनाउँदै क्वारेन्टिनबाट सिधै घर पठाउन लागिएको जनाइएको हो ।

भारतबाट फर्किएर प्रदेशका ९ वटा जिल्लामा हाल ६६ हजार जना क्वारेन्टिनमा बसेकोले ती व्यक्तिको परीक्षण गर्न आरडिटी किट अभाव भएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

१४ दिन क्वारेन्टिनमा बसेका नागरिकमा कुनै लक्षण नदेखिए मापदण्डअनुसार होम क्वारेन्टिनमा पठाउने बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →