Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुद्वारा शपथ ग्रहण

९ साउन,   खबरमञ्च,   at 1:40 PM

By   /  July 25, 2022  /  Comments Off on भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुद्वारा शपथ ग्रहण

    Print       Email

नयाँ दिल्ली । भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुले शपथ लिएकी छिन्।

उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन्। 

भारतका प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

जुलाइ २१ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुर्मु विजयी भएकी थिइन्। उनले खसेको समग्र मतमध्ये ६४ प्रतिशत मत पाएकी थिइन्। 

शपथ ग्रहणपछि सामाजिक सञ्जाल ट्वीटरमर्फत मुर्मुले आफ्नो जितले गरीबहरुले ठूलो सपना देख्न मात्र होइन, त्यसलाई पूरा पनि गर्न सक्छन् भन्ने प्रमाण दिएको उल्लेख गरेकी छिन्। 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →