Loading...
You are here:  Home  >  समाज  >  Current Article

भारतको मणिपुरबाट उद्दार गरिएका २१ महिलालाई नेपाल ल्याइयो

३० असार,   खबरमञ्च,   at 2:33 PM

By   /  July 14, 2020  /  Comments Off on भारतको मणिपुरबाट उद्दार गरिएका २१ महिलालाई नेपाल ल्याइयो

    Print       Email

काँकरभिट्टा । मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिला मंगलबार बिहान नेपाल आइपुगेका छन्।

नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो।

मणिपुर सरकारसँगको सहकार्यमा उनीहरुलाई नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

उनीहरु मंगलबार बिहान ३ बजे सीमावर्ती नाका पानीट्यांकी आएका थिए।

उनीहरूलाई अहिले माइती नेपालको सेफ होममा राखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवलकाे त्याे हिलाे बाटाे…

Read More →