Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतको एक अस्पतालमा आगलागी, दुई नर्ससहित कम्तीमा १६ जनाको मृत्यु

१७ बैशाख,   खबरमञ्च,   at 1:48 PM

By   /  May 1, 2021  /  Comments Off on भारतको एक अस्पतालमा आगलागी, दुई नर्ससहित कम्तीमा १६ जनाको मृत्यु

    Print       Email

भारत । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

भारतको पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू रहेका थिए ।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।

उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →