Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतका राष्ट्रपति द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदै

९ साउन,   खबरमञ्च,   at 7:58 AM

By   /  July 25, 2022  /  Comments Off on भारतका राष्ट्रपति द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदै

    Print       Email

काठमाडौं । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदैछिन्।

मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ लिनेछिन्।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन्।

सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन्।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ। तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन्। उनी भारतका १५औँ राष्ट्रपति हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →