Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण

२६ साउन,   खबरमञ्च,   at 2:38 PM

By   /  August 10, 2020  /  Comments Off on भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

दिल्ली । छिमेकी राष्‍ट्र भारतका पूर्वराष्‍ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मुखर्जीले सोमबार ट्‍वीट गर्दै आफूमा संक्रमण पुष्‍टि भएको जानकारी गराएका हुन्।

उनले भनेका छन्, ‘अरु नै कामका लागि अस्पताल जाँदा गरिएको परीक्षणको रिपोर्टअनुसार मलाई संक्रमण पुष्‍टि भएको छ।’

उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सेल्फ आइसोलेसनमा बस्‍न आग्रह गर्दै कोरोनाको अनिवार्य परीक्षण गराउन आग्रह गरेका छन्।

केही दिनअघि मात्र भारतीय गृहमन्त्री अमित शाहलाई पनि कोरोना संक्रमण पुष्‍टि भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →