
धनगढी । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनकै सहपाठी तथा छिमेकी छात्रलाई पक्राउ गरेको छ।
पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ।
घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ।
भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ।
कक्षा ११ मा पढ्ने १७ वर्षकै भट्ट थरका ती युवकले हत्या गरेको प्रहरीको भनाइ छ।