Loading...
You are here:  Home  >  समाज  >  Current Article

भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

२१ बैशाख,   खबरमञ्च,   at 11:33 AM

By   /  May 4, 2021  /  Comments Off on भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

    Print       Email

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् ।

माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

Read More →