Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

भयावह बन्दै कोरोनाः झापामा एकैदिन थपिए १ सय ६२ संक्रमित, बिर्तामोडमा मात्रै ३८ जना

2021/05/04,    at 6:39 PM

By   /  May 4, 2021  /  Comments Off on भयावह बन्दै कोरोनाः झापामा एकैदिन थपिए १ सय ६२ संक्रमित, बिर्तामोडमा मात्रै ३८ जना

    Print       Email

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ७० महिला र ९२ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु बिर्तामोडमा ३८ जना, भद्रपुरमा ३७ जना, गौरादहमा १२ जना, अर्जुनधारामा ६ जना, मेचीनगरमा १७ जना, कनकाईमा ११ जना, दमकमा १७ जना रहेका छन् ।

त्यस्तै हल्दिबारीमा ६ जना, अर्जुनधारामा ६ जना, वुद्धशान्ति र शिवसताक्षीमा ३/३ जना, बाह्रदशीमा २ जना, कमलमा ८ जना र गौरीगन्जमा १ जना रहेका छन् भने ठेगना नखुलेको १ जनामा संक्रमण्म पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ ।

झापामा आजसम्म कुल संक्रमितको संख्या ५४२२ पुगेको छ । आज शिवतिाक्षी–८ का ७० वर्षीय एक पुरुषको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

Read More →