Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

भदाै १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु हुने, क्याम्पसतहका परीक्षा पनि हुने

६ साउन,   खबरमञ्च,   at 9:12 PM

By   /  July 21, 2020  /  Comments Off on भदाै १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु हुने, क्याम्पसतहका परीक्षा पनि हुने

    Print       Email

काठमाडाैं । आगामी भदाै १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु हुने भएकाे छ ।

साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई विधिवत रुपमा अन्त्य गर्दै विद्यार्थी भर्नाकाे कार्यक्रम पनि सुचारु गर्ने निर्णय गरेकाे हाे ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सबै खाले विद्यालयहरुकाे भर्ना सुरु गर्ने

निर्णय भएकाे जानकारी दिए ।

यसबाहेक क्याम्पसतहका सबै परीक्षाहरु पनि सञ्चालन गरिने सकिने बताएकाे छ ।

काेराेना भाइरस संक्रमणकाे त्रास बढेसँगै चैत ११ गतेदेखि लकडाउन लागू हुँदा विभिन्न तहका परीक्षाहरु पनि सञ्चालन हुन सकेका थिएनन् । तर पढाइ सुरु गर्ने विषयमा भने कुनै निर्णय भएकाे छैन ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना नियन्त्रणमा आइसकेकाे छैन, तत्काल परीक्षा लिने कुरा नगराैंः नेविसंघ

Read More →