Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

भदाै १५ सम्म हवाई उडान र लामाेदूरीका गाडि नचल्ने

२५ साउन,   खबरमञ्च,   at 9:38 PM

By   /  August 9, 2020  /  Comments Off on भदाै १५ सम्म हवाई उडान र लामाेदूरीका गाडि नचल्ने

    Print       Email

काठमाडाैं ।  भदाै १ गतेदेखि हवाई उडान र लामाेदूरीका सवारीसाधन सञ्चालन नहुने भएका छन् ।

पछिल्लाे समय काेराेना भाइरसका संक्रमति बढ्दै गएकाे अवस्थामा तत्कालका लागिहवाई उडान र लामाेदूरीका यातायात सञ्चालन गर्न दिन नसकिने निर्णयमा सरकार पुगेकाे हाे ।

आज बसेकाे काेभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीकाे बैठकमा याे विषयमा छलफल भएकाे र तत्काल हवाइ उडान र लामाे दूरीका यातायात चल्न दिँदा अवस्था झन बिग्रने निष्कर्ष निकालिएकाे हाे ।

बैठकले भदाै १५ सम्मकाे अवस्था हेरेर खाेल्न सकिने गरी प्रस्ताव भाेलिबस्ने मन्त्रीपरिषदमा लाने पनि भएकाे छ ।

यसअघि साउन ६ गतेकाे मन्त्रीपरिषद बैठकले लकडाउन खाेल्ने निर्णय गर्दै भदाै १ बाट उडान र लामाेदूरीका यातायात सञ्चालन गर्न सकिने बताएकाे थियाे ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →