
काठमाडौं । भक्तपुर नगरपालिकामा अन्तिम नतिजा आएको छ ।
नगरप्रमुख, उपप्रमुखलगायत र सबै वडाहरूमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ ।
प्रमुखमा सुनील प्रजापति र उपमेयरमा रजनी जोशी पुन: निर्वाचित भएका हुन् । प्रजापतिले २९ हजार २ सय प्राप्त गरेका छन् । कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत प्राप्त गरे ।
यसैगरी, उपप्रमुखमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । एमालेकी रञ्जना खर्बुजाले २ हजार ७२४ प्राप्त गरिन् ।
भक्तपुरको १० वटै वडाहरू नेमकिपाले जितको छ ।