Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

ब्राउनसुगर र जाली नोटसहित झापाको दमकबाट बानियाँ पक्राउ

१९ जेठ,   खबरमञ्च,   at 2:12 PM

By   /  June 2, 2021  /  Comments Off on ब्राउनसुगर र जाली नोटसहित झापाको दमकबाट बानियाँ पक्राउ

    Print       Email

बिर्तामोड । ब्राउन सुगर र नक्कली नोटसहित झापाबाट एक युवक पक्राउ परेका छन्।

दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन्।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राति ११ बजे लागू पदार्थ ब्राउन सुगर र नेपाली नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बानियाँको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोट पनि बरामद गरिएको छ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लागूऔषध ब्राउनसुगरसहित झापाबाट दुईजना कारोबारी पक्राउ

Read More →