Loading...
You are here:  Home  >  अपराध  >  Current Article

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त बिर्तामोड ७ का गौतम जेल चलान

२० बैशाख,   खबरमञ्च,   at 7:33 AM

By   /  May 3, 2021  /  Comments Off on बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त बिर्तामोड ७ का गौतम जेल चलान

    Print       Email

बिर्तामोड । अदालतले कैद सजाय सुनाएका बैंकिङ कसुर मुद्दाका फरार झापाको बिर्तामोड नगरपालिका वार्ड नं ७ गरामनीका बिष्णु गौतमलाई पक्राउ गरि झापा कारागार पठाइएको छ।

जिल्ला प्रहरी झापाका अनुसार उच्च अदालत बिराटनगरको इलाम इजलाशले गत पुस महिनाको १३ गते उनलाई कैद सजाय सुनाएको थियो।

हालसम्म फरार रहेका गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

गौतमलाई अदालतले एक महिनाको कैद सजाय र ४० लाख रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पूर्वी सीमावर्ती क्षेत्रमा रोकिएन तस्करी, अवैध रुपमा भित्र्याउन लागिएको स्याउ र कपडा बरामद

Read More →