
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन्।
संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो।
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।
प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरू पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरूले जनाएका छन्।
सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरू उनले आइसोलेसनबाटै गर्ने जनाइएको छ।