Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि झापा आउँदै ओली, मेची क्राउन प्लाजामा बस्ने

७ कार्तिक,   खबरमञ्च,   at 9:13 AM

By   /  October 24, 2021  /  Comments Off on बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि झापा आउँदै ओली, मेची क्राउन प्लाजामा बस्ने

    Print       Email

विर्तामोड। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउँदैछन्। विभिन्न कार्यक्रममा सहभागी हुन झापा आउन लागेका ओली आज झापामै बस्नेछन्।

बिहान १० बजे यति एयरलाइन्सको बिमानमार्फत झापा आउन लागेका ओली विमानस्थलबाट सोझै आफ्ना बुवा मोहनप्रसाद ओलीलाई भेट्न पृथ्वीनगर जानेछन्।

त्यहाँबाट फर्किएर विर्तामोडमा आयोजना हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन्। आज झापामा ५ सयभन्दा बढी एमालेमा प्रवेश गर्न लागेकाे बताइएको छ। जसमा व्यवसायी दुर्गा प्रसाईँसमेत छन्।

पार्टी प्रवेशको कार्यक्रमपछि मेची क्राउन प्लाजामा केही समय आराम गरेर साँझ अगुवा कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ। ओली आज क्राउन प्लाजामै बस्नेछन्।

यस्तै ८ गते पनि दिनैभर ओली झापामा रहनेछन्। उनी क्षेत्र नं ५ का विभिन्न स्थान जाने र साँझ विराटनगर पुग्ने कार्यक्रम रहेकाे छ। ओली ९ गते बिहान काठमाडौं फर्कनेछन्।

हेर्नुस् एमाले अध्यक्ष ओलीको तीन दिने भ्रमण तालिका:

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बोलाए केन्द्रीय समिति बैठक 

Read More →