Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

बुधबार साँझ बुटवलमा बम बिस्फोट

२९ बैशाख,   खबरमञ्च,   at 6:56 AM

By   /  May 12, 2022  /  Comments Off on बुधबार साँझ बुटवलमा बम बिस्फोट

    Print       Email

बुटवल । बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।

घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा माओवादी पार्टीको पर्चा भेटिएको छ।

सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए।

उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हत्या अभियोगमा बाह्र जना पक्राउ

Read More →