Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बुधबारका लागि उडान नियमित गर्ने गए राति सहमति, दिउँसो पुनः वार्ता हुँदै

८ असार,   खबरमञ्च,   at 7:10 AM

By   /  June 22, 2022  /  Comments Off on बुधबारका लागि उडान नियमित गर्ने गए राति सहमति, दिउँसो पुनः वार्ता हुँदै

    Print       Email

काठमाडौं । वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान चालु राख्ने सहमति भएको हो ।

राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । 

वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →