Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बुद्ध एयरद्वारा कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्ड लागू, संक्रमणरहित उडानको प्रतिवद्धता

३१ चैत,   खबरमञ्च,   at 1:10 PM

By   /  April 13, 2021  /  Comments Off on बुद्ध एयरद्वारा कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्ड लागू, संक्रमणरहित उडानको प्रतिवद्धता

    Print       Email

काठमाडौं । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिएसंगै नेपालको निजी विमान सेवा प्रदायक बुद्ध एयरले उच्च सुरक्षाका साथ विमान सेवा सञ्चालन भइरहेको जनाएको छ।

कोभिड–१९ को संक्रमण बढेसँगै बुद्ध एयरले उच्च सतर्कता अपनाएको जनाएको छ ।

पछिल्लो समय संक्रमण दर बढ्न थालेसँगै बुद्धले आफ्ना हरेक उडानलाई संक्रमणरहित बनाउन सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गराएको हो ।

एयरलाइन्सले सुरक्षित उपायहरु मास्क, फेस सिल्डको प्रयोगलाई अनिवार्य बनाएको छ, साथै विमानलाई स्यानिटाइज गर्नेदेखि यात्रीहरूको सामाजिक दुरीमा पनि विशेष ध्यान दिएको जनाएको छ ।

अति आवश्यक सेवा अन्तर्गत पर्ने आन्तरिक वायुसेवालाई बुद्धले महामारी कै बीचमा पनि उच्च सतर्कता अपनाएर संचालन गर्दै आएको थियो ।

बुद्धले सुरुदेखि नै कोभिड विरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरेको थियो, जुन अहिले पनि जारी नै छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार संक्रमणरहित हवाई यात्राका लागि बुद्ध प्रतिवद्ध रहेको र यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइजरको प्रयोग अनिवार्य बनाइएको छ ।

बुद्ध एयरका लगभग सबै कर्मचारीहरुले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको एयरलाइन्सले जनाएको छ। अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने पनि बुद्धले जनाएको छ ।

बुद्धले एक विज्ञप्ती नै जारी गरेर पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढेपनि एयरलाइन्सले पूर्ण सुरक्षित यात्रा गराएको र यात्रुहरूको सुरक्षाका लागि एयरलाइन्स सदैव तत्पर रहेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →