Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

बी डिभिजन लिगसहित खेल क्षेत्रका सबै गोष्ठी, सभा स्थगित

४ चैत,   खबरमञ्च,   at 10:44 PM

By   /  March 17, 2020  /  Comments Off on बी डिभिजन लिगसहित खेल क्षेत्रका सबै गोष्ठी, सभा स्थगित

    Print       Email

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।

नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालको अध्यक्षतामा मङ्गलबार बसेको राखेपको बैठकले एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

एन्फा महासचिब इन्द्रमान तुलाधरले एन्फाको १९ औं साधारण सभा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । एन्फाको १९ औं वार्षिक साधारणसभा चैत्त १६ गतेका लागि निर्धारण गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लकडाउन सदुपयाेगः तयार भयो पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान

Read More →