Loading...
You are here:  Home  >  छापामा  >  Current Article

बीमित बिरामीबाट थप १० प्रतिशत शुल्क लिने तयारी

२४ मंसिर,   खबरमञ्च,   at 8:21 AM

By   /  December 10, 2022  /  Comments Off on बीमित बिरामीबाट थप १० प्रतिशत शुल्क लिने तयारी

    Print       Email

काठमाडौं । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ ।

स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए ।

बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उनले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए ।

सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उनले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वासको मत पाएको एक महिना नपुग्दै सात दलीय गठबन्धनमाथि बढ्यो अविश्वास

Read More →