Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु

२८ साउन,   खबरमञ्च,   at 12:09 PM

By   /  August 12, 2020  /  Comments Off on बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु

    Print       Email

धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बुधबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको हो।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २६ गते विराटनगरस्थित कोशी अस्पताल भर्ना भएका थिए।

त्यहाँ उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →