Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिहीबार ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२९ असोज,   खबरमञ्च,   at 4:24 PM

By   /  October 15, 2020  /  Comments Off on बिहीबार ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा बिहीबार ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या १२१७४५  पुगेको हो।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित निको भएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

देशभर ३६ हजार ५३३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बालकको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

Read More →