Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिहीबार ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

६ कात्तिक,   खबरमञ्च,   at 4:30 PM

By   /  October 22, 2020  /  Comments Off on बिहीबार ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा बिहीबार ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या १४८५०९ पुगेको हो।

पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।

देशभर ४४ हजार ८७७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत, देशव्यापी प्रतिरोध गरिनेछः देउवा

Read More →