Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिहीबार १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

८ असोज,   खबरमञ्च,   at 4:21 PM

By   /  September 24, 2020  /  Comments Off on बिहीबार १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा बिहीबार १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या ६९३०१ पुगेको हो।

गएको २४ घन्टामा ४५७ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएका छन्।

देशभर १८ हजार ४३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ओलीका दुईसयभन्दा बढी कार्यकर्ता राप्रपा प्रवेश

Read More →