Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायी तयार

५ साउन,   खबरमञ्च,   at 8:03 PM

By   /  July 20, 2020  /  Comments Off on बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायी तयार

    Print       Email

काठमाडौं । आउने विहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीहरु तयार भएका छन्।

सोमबार यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने र बाँकी ५० प्रतिशत व्यवसायी आफैले ब्यहोर्ने गरि विभागले सहजीकरण गर्ने सहमति भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन्।

कोरोना भाइरस संक्रमणका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्ने गरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने जानकारी गराइएको छ।

यातायात मजदुरहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पीपीई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको जनाइएको छ।

सोमबार यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, यातायात व्यवस्था विभाग, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →