Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिर्तामोड खोप काण्डः दोषीमाथि कडा कारबाही गर्न राजनीतिक दलको माग (विज्ञप्तिसहित)

१६ साउन,   खबरमञ्च,   at 3:22 PM

By   /  July 31, 2021  /  Comments Off on बिर्तामोड खोप काण्डः दोषीमाथि कडा कारबाही गर्न राजनीतिक दलको माग (विज्ञप्तिसहित)

    Print       Email

बिर्तामोड । होटलमा खोप भेटिएकोबारे छलफल गर्न बसेको झापाका राजनीतिक दलहरूको बैठकले दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा खोप लगाउन नपाएका नागरिकका लागि स्वास्थ्य कार्यालय झापाले पठाएको भेरोसेल खोप होटलमा लुकाउनेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

बिर्तामोडको होटलमा खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का भेटिएको घटनाले नियतमाथि शंका उब्जेको उल्लेख गर्दै झापाका राजनीतिक दलहरू अनुगमनको पाटो फितलो भएको भन्दै डिसीसीएमसीको भूमिकामाथि नै प्रश्न उठाएका छन्।

खोप अनियमित तरिकाबाट प्रयोग भएको आशंकामाझ झापाका राजनीतिक दलले स्वास्थ्य कार्यालय झापाको नियतमाथि पनि प्रश्न उठाएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बालकको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

Read More →