Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिर्तामोडमा लकडाउन होइन, भीडभाड हुने ठाउँ मात्र बन्द होः मेयर शिवाकोटी

१ कात्तिक,   खबरमञ्च,   at 7:23 PM

By   /  October 17, 2020  /  Comments Off on बिर्तामोडमा लकडाउन होइन, भीडभाड हुने ठाउँ मात्र बन्द होः मेयर शिवाकोटी

    Print       Email

बिर्तामोड । शनिवार साँझ एकाएक चर्चामा आएजस्तो विर्तामोड नगरपालिकामा अनिश्चितकालिन लकडाउन हुने भन्ने कुरामा कुनै सत्यता नभएको नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताएका छन्।

बिर्तामोड नगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय भएको केही सञ्चार माध्यममा समाचार आएका छन्।उक्त विषयमा जिज्ञासा राख्दा नगरप्रमुख शिवाकोटीले खबरमञ्चसंग भने, ‘कहाँबाट आयो त्यो कुरा मलाई थाह छैन।’

शनिवार मात्र बिर्तामोडका २२ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणको दर घटाउनका लागि भीडभाड हुने स्थानलाई निषेध गरिएको उनले बताए।

उनले भने, ‘बिजुली, पानीलगायतका काउन्टर बन्द गर्ने निर्णय गरेका हौं। बैंकमा पनि दुई जना मात्र कर्मचारी राखेर नगद लिने र दिने बाहेकका काम नगर्न भनेका हौं।’

उनले सामान्य जीवन मात्र चलाउन आग्रह गरेका छन्। कतै भीडभाड हुने वातावरण नबनाउन उनले नगरबासीमा अनुरोध गरेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →