Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बिर्तामोडका व्यवसायीको चुनावः कांग्रेसतर्फका अध्यक्षका उम्मेद्वार शिवाकोटी

६ फागुन,   खबरमञ्च,   at 8:27 AM

By   /  February 18, 2021  /  Comments Off on बिर्तामोडका व्यवसायीको चुनावः कांग्रेसतर्फका अध्यक्षका उम्मेद्वार शिवाकोटी

    Print       Email

बिर्तामोड । यही फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ ।

बुधबार साँझ एक कार्यक्रम गरेर कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो ।

लोकतान्त्रिक व्यावसायिक गठबन्धनको तर्फबाट युवा व्यवसायी प्रकाश शिवाकोटीको नेतृत्वमा कांग्रेसले उम्मेदवार तय गरेको हो । यो गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवारी दिने छन् ।

त्यस्तै, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडाल छन् । महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल तथा खुल्ला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार, पुकार बराल र विकास बस्नेतले उम्मेदावारी दिने निश्चित भएको छ ।

कांग्रेस झापाका पूर्वउपसभापति देउमान थेवेको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिले निक्कै रस्साकस्सीबीच बुधबार अबेर उम्मेवार टुंगो लगाएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

Read More →