Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बालुवाटार बैठकमा देउवाले भनेः हामीले दिएका सुझावलाई सरकारले गम्भीरताका साथ लिएन

२० साउन,   खबरमञ्च,   at 4:07 PM

By   /  August 4, 2020  /  Comments Off on बालुवाटार बैठकमा देउवाले भनेः हामीले दिएका सुझावलाई सरकारले गम्भीरताका साथ लिएन

    Print       Email

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका सम्बन्धमा आफूहरुले सरकारलाई दिएका सुझाव कार्यान्वयन नभएको बताएका छन् ।

बालुवाटारमा आज भएको विज्ञहरु सम्मिलित छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी ओलीलाई औपचारिकताका लागि मात्र छलफल गर्ने नभइ आफूहरुले दिएका सुझावहरु अनुसार कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले काम गर्ने सरकारले नै भएको भन्दै आफूले त्यही अनुसार सुझाव मात्र दिएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बामदेवको मनोनयन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

Read More →