Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बालुवाटारमा केपी ओली र बामदेवकाे ‘डिनर वार्ता’

९ वैशाख,   खबरमञ्च,   at 10:36 PM

By   /  April 22, 2021  /  Comments Off on बालुवाटारमा केपी ओली र बामदेवकाे ‘डिनर वार्ता’

    Print       Email

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता वामदेव गौतमबीच भेटवार्ता भएकाे छ ।

बिहीवार राति बालुवाटार पुगेका गाैतमले ओलीसँग डिनर वार्ता गरेका हुन् ।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।

चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →