Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !’

१६ साउन,   खबरमञ्च,   at 7:57 AM

By   /  July 31, 2020  /  Comments Off on ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !’

    Print       Email

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले कोरोना रोकथाममा सरकारको कामबारे तीब्र असन्तुष्टि व्यक्त गर्दै सरकार मस्त निद्रामा रहेको बताएका छन्।

सामाजिक संजालमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको बताउदै कोरोना भुसको आगो जस्तो फैलिएको तर सरकारले न परीक्षण बढाउछ न अस्पताल केन्द्रित तयारी गर्छ भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले  बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सरकार अब अति भो भनौं भन्दै अपिल गरेका छन्।
थापाले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →