Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

बालकको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

९ असोज,   खबरमञ्च,   at 6:23 PM

By   /  September 25, 2021  /  Comments Off on बालकको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

    Print       Email

दमक । एक बालकको मृत्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पताल तोडफोड भएको छ।

उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका हुन्।

कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो।

बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

बच्चाको अवस्था सामान्य भएको र अस्पताल भर्ना नगरि औषधि दिएर घर पठाएको चिकित्सकले बताएका छन्। तर बालकलाई घर पुर्‍याएपछि अवस्था गम्भीर बनेको बालकका आफन्तले बताएका छन्।

बालकका आफन्तले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको भवनका सिसा फुटेका छन्।

ढुंगा प्रहारमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ।

अस्पतालकी कर्मचारी स्वस्तीका भट्टराईका अनुसार उक्त बालकलाई केही दिन अघि एडभान्स अस्पतालकै बालरोग विशेषज्ञले उपचार गरेका थिए। शुक्रबार एक्कासी बालकलाई गाह्रो भएपछि अस्पताल ल्याइएको थियो।

तर कोरोना पोजिटिभ देखिएपछि कोरोना पोजिटिभ बालबालिका राख्ने स्थान नभएकाले अस्पतालले औषधि दिएर घर पठाएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Read More →