Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बारामा प्रशासनद्वारा आइतबार बिहानैदेखि निषेधाज्ञा जारी, पर्सामा थप ४५ जनामा सङ्क्रमण

१८ साउन,   खबरमञ्च,   at 9:04 AM

By   /  August 2, 2020  /  Comments Off on बारामा प्रशासनद्वारा आइतबार बिहानैदेखि निषेधाज्ञा जारी, पर्सामा थप ४५ जनामा सङ्क्रमण

    Print       Email

वीरगञ्ज । पर्सामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आइतबार बिहानैदेखि निषेधाज्ञा जारी गरेकाे छ।

छिमेकी जिल्ला पर्सामा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले बिहान ५ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

पर्सामा थप ४५ जनामा सङ्क्रमण पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन्। कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →