Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बामदेवलाई भेट्न भैंसेपाटी पुगे ओली

१३ साउन,   खबरमञ्च,   at 9:30 PM

By   /  July 28, 2020  /  Comments Off on बामदेवलाई भेट्न भैंसेपाटी पुगे ओली

    Print       Email

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकाे निवास भैँसेपाटी पुगेका छन् ।

गौतमसँगको भेटमा ओलीसहित पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन् ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रूपमा स्थगित गरेका थिए । तर, प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा ओलीइतर समूहको बैठक बसेको थियो ।

सो बैठकअघि नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेका थिए । गौतमले ५ वर्ष नै ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्षसहित ६ बुँदे प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

Read More →