Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बादलको ठाउँमा राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

९ वैशाख,   खबरमञ्च,   at 8:27 PM

By   /  April 22, 2021  /  Comments Off on बादलको ठाउँमा राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

    Print       Email

काठमाडाैं । मा‌‌ओवादी केन्द्र छाडेर एमाले गएपछि कारवाहीमा परेर सांसद पद गुमाएका गृहमन्त्री रामबहादुर थापाको स्थानमा जेठ ६ गते उपनिर्वाचन हुने भएकाे छ ।

निर्वाचन आयोगले विहीवार एक सार्वजनिक सूचना जारी गर्दै ६ गते वागमती प्रदेशमा निर्वाचन हुने जनाएकाे छ ।

राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचनमा भाग लिन चाहाने दललाई वैशाख १० देखि १४ गतेसम्म दल दर्ताको समय पनि दिएकाे छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →