Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बाँकेमा मध्यराति ठूलाे दुर्घटना: ११ जनाकाे मृत्यु, २२ जना घाइते

१९ जेठ,   खबरमञ्च,   at 6:41 AM

By   /  June 1, 2020  /  Comments Off on बाँकेमा मध्यराति ठूलाे दुर्घटना: ११ जनाकाे मृत्यु, २२ जना घाइते

    Print       Email

काठमाडौं । बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा आइतबार राति १२ बजे आसपासकाे समयमा हाइस गाडी दुर्घटनामा परेकाे हाे।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएकाे हाे।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भदाै १५ सम्म हवाई उडान र लामाेदूरीका गाडि नचल्ने

Read More →