Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बल्ल नेपाल आउन पाउँदै चीनमा रहेका नेपालीहरु

३ फागुन,   खबरमञ्च,   at 10:10 AM

By   /  February 15, 2020  /  Comments Off on बल्ल नेपाल आउन पाउँदै चीनमा रहेका नेपालीहरु

    Print       Email

विर्तामोड । लामो समयको प्रतिक्षापछि चीनमा रहेका नेपाली बल्ल स्वदेश आउने मौका पाएका छन्। चीनमा कोरोना भाइरसको संक्रमणपछि उनीहरु नेपाल फर्किन लागेका हुन्।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लगायत नेपालीहरु शनिवार राति चीनको वुहान शहरबाट नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल उड्दैछन्।

आइतबार बिहान करिब २ बजे उनीहरु नेपाल आइपुग्दैछन्। चीको सियान शहरबाट वुहानका लागि बसमा यात्रारत एक जना चिकित्सक डा. माधव गौतमका अनुसार उनीहरु सुरक्षितसाथ यात्रा गराइँदैछ।

चीनका विभिन्न शहरबाट नेपालीहरुलाई बसमा ल्याइँदै गरिएको उनले जानकारी दिए। डा. गौतमका अनुसार उनीहरुको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →