
जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभर भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बलिदानी दिवसको अवसरमा सोमबार प्रदेशभर सार्वजनिक विदा दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ।
पहिलो मधेस आन्दोलनको क्रममा सिरहाको लहानस्थित रमेश महतोले सहादत प्राप्त गरेको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ ।