Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

१९ असार,   खबरमञ्चडेस्क,   at 8:08 AM

By   /  July 3, 2020  /  Comments Off on बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

    Print       Email

एजेन्सी ।  बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार ७२ वर्षीया खानकाे बिहीबार राति उनकाे निधन भएकाे हाे ।

जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →