Loading...
You are here:  Home  >  समाज  >  Current Article

बलात्कारविरुद्ध आक्रोशः बिर्तामोडको मुक्ति चोकमा एक्कासी निस्किए काला बस्त्रधारी महिला

१ कात्तिक,   खबरमञ्च,   at 11:44 AM

By   /  October 17, 2020  /  Comments Off on बलात्कारविरुद्ध आक्रोशः बिर्तामोडको मुक्ति चोकमा एक्कासी निस्किए काला बस्त्रधारी महिला

    Print       Email

विर्तामोड । बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै शनिवार बिहान झापाको बिर्तामोडमा महिलाहरुले प्रदर्शन गरेका छन्।

मुक्तिचोकमा भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित भएका थिए।

उनीहरुले ‘अझै कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए।

बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने अभियानकर्मी प्रकृति न्यौपानेले बताइन्।

‘मृत्युदण्ड समाधान होइन’, उनले भनिन्, ‘बलात्कारीलाई आजीवन काराबास हुनु पर्छ।’

मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कार नरोकिएको उनले बताइन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडको अर्को इतिहास ढल्यो, समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा निधन

Read More →