Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौतीः पूर्व अर्थमन्त्री पाण्डे

१८ जेठ,   खबरमञ्च,   at 1:25 PM

By   /  May 31, 2020  /  Comments Off on बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौतीः पूर्व अर्थमन्त्री पाण्डे

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयनमा सजग हुन सरकारलाई सुझाव दिए।

पुँजीगत खर्च ओरालो लाग्ने ट्रेन्ड जारी रहेको भन्दै उनले गत वर्षमा पनि २८ प्रतिशतमात्र खर्च हुनुले कमजोर कार्यान्वयन क्षमता देखाएको बताए ।

‘राजश्व ८ खर्ब ९० अर्ब राजश्व उठाउँछु भनिएको छ । चालू खर्च ९ खर्ब ४९ करोड भनिएको छ । यस हिसाबले हाम्रो राजश्वले करिब ६० अर्ब चालू खर्चलाई नै नधान्ने देखिन्छ । राजश्व जम्मै चालू खर्चमा हाल्नु परेपछि त्यसबाट विकासतर्फ लानुपर्ने र पुँजिगत खर्चतर्फ लानुपर्ने पैसा अभाव हुने देखिन्छ’ उनले भने ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →