Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बजेटमा उल्लेख आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले गरे विरोध

१८ जेठ,   खबरमञ्च,   at 7:03 PM

By   /  May 31, 2020  /  Comments Off on बजेटमा उल्लेख आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले गरे विरोध

    Print       Email

काठमाडौं । सरकारले संसदमा पेश गरेको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले विरोध गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार पेश गरेको बजेटमा असन्तुष्टि जनाउँदै पोखरेलले पुनर्विचार गर्न आग्रह गरेका हुन् । शिक्षा मन्त्रीलाई नै थाहा नदिएर कसरी बजेट वक्तव्यमा आयो भन्ने विषयले अहिले चर्चा पाएको छ ।

आइतबार वक्तव्य नै निकाली उनले बजेटको बुँदा नम्बर १६६ मा भएको व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको बताएका हुन् ।

बजेटको बुँदा नम्बर १६६ मा उल्लेखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका लागि गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग तथा योगदानलाई पुरक कार्यक्रमको रूपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहनेगरी कोष परिचालन गरिने छ भन्ने परेको उनको भनाइ छ ।

बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको दायित्व भएको भन्दै यसका लागि कोष स्थापना गर्नुपर्ने पनि जनाएका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको जारी स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

Read More →