Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले जित्यो

२० वैशाख,   खबरमञ्च,   at 12:59 PM

By   /  May 3, 2021  /  Comments Off on बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले जित्यो

    Print       Email

काठमाण्डौ । बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले दुई सय नौ रनले जितेको छ ।

क्यान्डीमा श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश पाँचौं दिन दुई सय २७ रन बनाउँदै अलआउट भयो ।

उसका लागि मुस्फिकुर रहमानले सर्वाधिक ४० रन बनाए । श्रीलङ्काका प्रविन जय विश्वकर्माले पाँच तथा रमेश मेन्डिसले चार विकेट लिए । पहिलो पारीमा श्रीलङ्काले चार सय ९३ रन बनाएको थियो भने बङ्गलादेश दुई सय ५१ रनमै अलआउट भएको थियो ।

दोस्रो पारीमा श्रीलङ्काले एक सय ९४ रन बनाउँदै चार सय ३७ रनको विशाल लक्ष्य दिएको थियो ।

दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सुपर लिग एलिमिनेटरः ललितपुर र बुटवल लुम्बिनी भिड्दै

Read More →