
काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको छ ।
नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेश केमिकल इन्डष्ट्रिज कसर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बङ्गलादेशस्थित नेपाली राजदूत बंशीधर मिश्रले जानकारी दिए।
मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल हसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन्।
बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ ।
नेपाल र बङ्गलादेश सरकार–सरकारबीच (जिटुजी)मार्फत युरिया मल खरिदका लागि सम्झौता गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली मंगलबार बङ्गलादेश गएका थिए।